पाँच सयले घट्यो सुनको मूल्य

पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँ थियो।

यसका अलावा चाँदी आज तोलाको दुई हजार दुई सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा परिवर्तन आएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने गरेको छ।

साउन १६, २०८२ शुक्रबार १०:४७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।