इस्लिंग्टन कलेजद्वारा २ सय ६१ विद्यार्थीलाई रु ७ करोड बराबरको छात्रवृत्ति प्रदान

काठमाडौं : इस्लिंग्टन कलेजले ‘ए ए ए’ छात्रवृत्ति समारोह २०२५ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।
एकेडेमिक,एटेन्डेन्स र एटीट्यूडलाई एकै सुत्रमा बाध्ने यो छात्रवृतिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृति मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले बताएको छ।
यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। अन्त्यमा लगभग रु ७ करोड पुरस्कारराशीको यस छात्रवृत्तिका लागि हाम्रा प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा २६१ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए।
यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष श्री सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए।
यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अवसर भएको बताइएको छ।
साउन १५, २०८२ बिहीबार २१:५५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।