‘ब्लू राइज’ थीममा आयोजित यामाहा नेपालको वार्षिक डिलर मिट २०२५ सम्पन्न

‘ब्लू राइज’ थीममा आयोजित यामाहा नेपालको वार्षिक डिलर मिट २०२५ सम्पन्न

काठमाडौं : यामाहा नेपालले २०८२ साउन ८ र ९ गते “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
 
एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीलेसेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालनगरेका थिए। यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए। कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ-आफ्ना प्रस्तुतिहरू दिएका थिए। 

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि श्री केजीएसट्रेडिंगकन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे। गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष श्री विष्णु कुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्वर आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याएका थिए।

साउन १५, २०८२ बिहीबार २०:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।