होण्डा डिओ १२५ बन्यो ५ हजार ३०० मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

होण्डा डिओ १२५ बन्यो ५ हजार ३०० मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं : नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। 

यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. को सहकार्यमा होण्डा डिओ १२५ स्कूटरमार्फत सम्पन्न गरेको हो।

शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भू-परिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाइ छ। काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरे, धो तराप हुँदै ज्याङलापाससम्म पुगेको यो मार्ग सहज थिएन। यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याविना यो यात्रा सम्पन्न गरेको हो।

यस असाधारण सफलताका लागि स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आइडलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ। साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ।

नेपाल एट्ठ वन्डर टोलीका अनुसार यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो।

स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. विगत ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो। स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको छ। कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकताअनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तर रूपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्याएको छ।

साउन १५, २०८२ बिहीबार १९:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।