सामसङ ग्यालेक्सी वाच ८ सिरिज नेपाली बजारमा

काठमाडौं : सामसङले नयाँ पुस्ताको स्मार्टवाच ‘ग्यालेक्सी वाच ८ सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
दैनिक प्रयोगका लागि अझ सहज र स्वास्थ्यमा केन्द्रित डिजाइनसहित आएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ उचाइ थप्ने कम्पनीको दाबी छ।
पहिलेको भन्दा अझ पातलो र हलुका बनावटमा आएको वाच ८ सिरिजमा ब्राइट स्क्रिन, प्रिसाइस ट्र्याकिङ क्षमता र अपग्रेड गरिएको बायोएक्टिभ हेल्थ सेनसर जडान गरिएको छ।
यसले प्रयोगकर्तालाई सुत्ने समयको सल्लाह दिने सुविधा प्रदान गर्छ। शरीरको सर्केडियन रिदम अध्ययन गरेर उपयुक्त निद्राको समय सुझाउने यो फिचरले ताजगीका साथ बिहान उठ्न सहयोग पुर्याउनेछ।
साथै वाचमा रहेको रनिंग कोच फिचरले दौड अभ्यासमा वास्तविक समयमै सुझाव दिँदै प्रयोगकर्ताको प्रदर्शन सुधार गर्न मद्दत गर्छ। करोडेनोइड लेभल जाँच्ने क्षमतासमेत यसमा समावेश गरिएको छ, जसले उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै गर्न सहयोग पुर्याउनेछ।
नयाँ वाच सिरिजमा जेमिनी एआई प्रविधिको समावेश गरिएको छ, जसले प्रयोगकर्ताले आवाजमार्फत वाच सञ्चालन गर्न सक्ने बनाउँछ। सामसङ हेल्थ लगायतका एपहरूबाट जानकारी लिनेदेखि सन्देश पठाउने र व्यायाम सुरु गर्नेसम्मका कार्यहरू अब स्वाभाविक भ्वाइस कमान्डद्वारा गर्न सकिने छन्।
ग्यालेक्सी वाच ८ आफ्नो आकर्षक मेटल फ्रेम, स्किनलाई नझ्याप्ने आरामदायक ब्यान्ड र मिनिमलिस्ट डिजाइनका कारण सबै प्रकारका पहिरनमा सुहाउने बनावटमा आएको छ। कम्पनीका अनुसार यो वाच फिटनेसदेखि अफिस मिटिङसम्म प्रयोग गर्न मिल्ने गरी स्टाइलिस र सहज बनाइएको छ।
नेपालमा ग्यालेक्सी वाच ८ सिरिज कहिलेदेखि उपलब्ध हुन्छ र यसको मूल्य कति रहनेछ भन्नेबारे भने कम्पनीले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
साउन १५, २०८२ बिहीबार १७:४२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।