थाई एयरवेज र सोसाइटी इन्टरनेशनल ट्राभल्सले काठमाडौंमा गरे रक्तदान कार्यक्रम

काठमाडौं : थाई एयरवेजको नेपाल प्रतिनिधि सोसाइटी इन्टरनेशनल ट्राभल्स को आयोजनामा ‘जीवनको उपहार दिऊँ’ भन्ने नारासहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंको हात्तीसारस्थित कार्यालय परिसरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा कुल १३१ जनाले रक्तदान गरेका छन्।
मानवसेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रममा सोसाइटी इन्टरनेशनल ट्राभल्सका कर्मचारी, विभिन्न ट्राभल एजेन्सी प्रतिनिधि तथा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ले चिकित्सकीय सहयोग तथा प्राविधिक व्यवस्थापन गरेको थियो। सहभागी सबै रक्तदातालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
थाई एयरवेजले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै रक्तदान जस्तो पुण्य कार्यमा सधैं हातेमालो गर्न सबैलाई आग्रह गरेको छ। ‘तपाईंको सानो योगदानले कसैको जीवन बचाउन सक्छ,’ थाई एयरवेजले भनेको छ।
थाई एयरवेज इन्टरनेशनल थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो, जसले काठमाडौं-बैंकक मार्गमा दैनिक दुई उडान सञ्चालन गर्दै आएको छ। बैंकक हुँदै एसिया, युरोप र अष्ट्रेलिया लगायतका प्रमुख गन्तव्यमा सेवा दिँदै आएको एयरलाइन्स उत्कृष्ट सेवा, सुरक्षा र दिगो विकासप्रति प्रतिबद्ध रहेको बताइन्छ।
सोसाइटी इन्टरनेशनल ट्राभल्स थाई एयरवेजको नेपालस्थित जेनरल सेल्स एजेण्ट हो। यात्रासम्बन्धी सेवा प्रदान गर्दै आएको यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।
साउन १५, २०८२ बिहीबार १७:०४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।