‘फिफा फर स्कुल’ को शुभारम्भ गर्दै प्रधानमन्त्रीले गरे सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रंगशाला बनाउने घोषणा

‘फिफा फर स्कुल’ को शुभारम्भ गर्दै प्रधानमन्त्रीले गरे सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रंगशाला बनाउने घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ गरेका छन्। 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले  ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका हुन। 

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा रङ्गशाला निर्माणको घोषणा समेत गरेका छन्। 

प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन्। 

साउन १५, २०८२ बिहीबार १६:२४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।