क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना गर्न जापानले दिने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना गर्न जापानले दिने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना तथा मर्मतका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

साथै, सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने,राष्ट्रिय युवा सम्बन्धीकानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथीपदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

साउन १५, २०८२ बिहीबार १६:०३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।