इनर्जी ड्रिंकको क्यानमा भोड्का हालेर बजार पठाइएपछि...

एजेन्सी : भोड्का भएको इनर्जी ड्रिंक बजारमा पुगेपछि अमेरिकाका आधा दर्जन राज्यबाट ती उत्पादनहरू फिर्ता गरिने भएको छ।
हाई नुन कम्पनीले उत्पादन गरेका ‘हाई नुन विच भेराइटी प्याक’ का दुई लट फिर्ता बोलाइएको हो। ती प्याकमा रहेका केही क्यानहरूमा भोड्का भए पनि लेबलमा भने ‘सेल्सियस एस्ट्रो भाइब इनर्जी ड्रिंक’ लेखिएको फेला परेको छ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनले बुधबार यसबारे एक सूचना जारी गर्दै यसले उपभोक्ताले अनजानमै रक्सी सेवन गर्न सक्ने अवस्था सिर्जना गरेको छ बताएको छ।
यी प्याकहरू फ्लोरिडा, न्यूयोर्क, ओहायो, साउथ क्यारोलाइना, भर्जिनिया र विस्कन्सिन राज्यमा खुद्रा विक्रेताहरूलाई वितरण गरिएका थिए।
प्याकेजिङ्ग आपूर्तिकर्ताबाट हाई नुनलाई भुलवस सेल्सियस एनर्जी ड्रिंकका खाली क्यान पठाइएकाले यस्तो भएको कम्पनीले जनाएको छ।
हालसम्म लेबलिङको गल्तीका कारण कसैलाई कुनै स्वास्थ्य समस्या भएको वा नकारात्मक असर परेको रिपोर्ट भने आएको छैन।
सेल्सियस एस्ट्रो भाइब इनर्जी ड्रिंक -स्पार्कलिंग ब्लू रेज फ्लेवर प्रयोग गर्नु अघि फिर्ता गरिएको ब्याचको कोड मिल्छ वा मिल्दैन भन्ने कुरा हेर्न पीडीएले उपभोक्तालाई आग्रह गरेको छ। मिलेको खण्डमा तत्काल फाल्न वा नष्ट गर्न आग्रह गरिएको छ।
साउन १५, २०८२ बिहीबार १५:३३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।