स्टार्टअप उद्यमीहरूलाई प्रधानमन्त्रीले भने- हाम्रो देश अरू कोहि आएर बनाइदिँदैन, हामीले नै बनाउने हो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरू ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्ने बताए।
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ। त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ। हाम्रो देश अरूले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो। प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा ‘वी क्यान डू’... नेपाल बन्छ।’
साउन १५, २०८२ बिहीबार १४:४८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।