सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा आठ सय रुपैयाँ घट्दा चाँदी ४० रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार छ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य आज तोलाको दुई हजार दुई सय ७० रुपैयाँ कायम भएको छ। हिजो अर्थात बुधबार चाँदी तोलाको दुई हजार तीन सय १० रुपैयाँ प्रतितोला कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उचारचढाव आएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गरेको छ।
साउन १५, २०८२ बिहीबार १०:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।