आफ्नै कामदार भारतीय नागरिकको हत्या आरोपमा कालिकोटे पक्राउ

काठमाडौं : आफ्नै कामदारको हत्या गरेको आरोपमा श्याम कालिकोटे पक्राउ परेका छन्। आफूसँगै काम गर्ने भारत, पश्चिम बंगालका ५५ वर्षीय सुब्रत पालको हत्या आरोपमा उनी बुधवार पक्राउ परेका हुन्।
पाल कालिकोटेसँगै सुनसम्बन्धी काम गर्दै आएका थिए। उनीहरू दुवै एकै घरमा बस्दै आएकोमा मंगलबार हत्या भएको हो। हत्यापछि फरार भएका कालिकोटेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बुधवार गोङ्गबुमा पक्राउ गरेको जानकारी दिएको छ।
साउन १४, २०८२ बुधबार २०:२२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।