बागमती प्रदेश सरकारमा एमालेको समर्थन बानियाँलाई

बागमती प्रदेश सरकारमा एमालेको समर्थन बानियाँलाई

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता बदलिएसँगै सत्ता सहयोगी दल एमालेले प्रदेश सरकारमा कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने निर्णय गरेको छ।

बुधवार भएको निर्वाचनमा बहादुरसिंह लामा पराजित भएर इन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए। पार्टीको संसदीय दलको नेतामा पराजित भए पनि लामाले मुख्यमन्त्री पद नछाड्ने दाबी गर्दै आएका छन्।

कांग्रेस संसदीय दलको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले कुनै व्यक्तिसँग नभएर दलसँग सत्ता साझेदारी गरिएकाले जो संस्थापन बनेर आउँछन् उसैलाई समर्थन गर्ने निर्णय गरेको हो।

एमाले बागमती प्रदेशको संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन एमाले सजग रहेको बताए।

काङ्ग्रेसभित्रको आन्तरिक विवादका कारण वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। बुधवार भएको निर्वाचनमा उनी पराजित भएका थिए।

साउन १४, २०८२ बुधबार १९:४७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।