सेयर परिसूचक तीन हजार विन्दुमा एक दिन पनि टिकेन

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज परिसूचक उच्च अङ्कले घटेको छ। बुधवार दिनभरको कारोबारमा नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९ सय ५४ दशमलव १४ विन्दु कायम भयो। यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो।
बुधवार ३ सय २७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता सेयर एक लाख ४१ हजार ५ सय २० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८ रुपैयाँ बराबरको कारोबार भयो।
बुधवारको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढ्यो भने अरू सबै समूहको उपसूचक घट्यो। विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट भयो।
सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आठ दशमलव चार प्रतिशतले घट्यो।
साउन १४, २०८२ बुधबार १७:१०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।