कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बानियाँ निर्वाचित, एक मत बदर

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधवार भएको निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरे। निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत मात्र पाए।
निर्वाचनमा एक मत बदर भएको छ। निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। यस अगाडिको दलको नेताको निर्वाचनमा बानियाँ र लामाबिच नै प्रतिस्पर्धा हुँदा लामाले २१ मत र बानियाँले १६ मत पाएका थिए।
साउन १४, २०८२ बुधबार १७:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।