एनसेलको ‘बिज सधैं अन’मा मनसुन अफर, १० महिनाको शुल्कमा वर्षभरि सेवा

काठमाडौं : एनसेलले आफ्ना व्यावसायिक ग्राहकहरूका लागि ‘बिज सधैं अन’ प्याकेज अन्तर्गत नयाँ ‘मनसुन बिजनेस अफर’ सार्वजनिक गरेको छ। पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो अफरमा १० महिनाको शुल्क भुक्तानी गर्दा १२ महिनासम्म सेवा प्रयोग गर्न पाइनेछ।
अफर अन्तर्गत, ग्राहकले ‘बिज सधैं अन ३९९’ वा ‘बिज सधैं अन ६४९’ प्लानको १० महिनाको वार्षिक सदस्यता लिँदा थप दुई महिनाको सेवा निःशुल्क पाउनेछन्।
एनसेलका अनुसार, ‘बिज सधैं अन ३९९’ प्लानमा ग्राहकले मासिक १० जीबी डेटा, सबै लोकल नेटवर्कमा ४०० मिनेट टक टाइम र ४०० एसएमएस पाउँछन्। त्यसैगरी, ‘बिज सधैं अन ६४९’ प्लानमा मासिक ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएसको सुविधा रहेको छ।
यसका साथै कर्पोरेट ग्राहकहरूका लागि बन्डल/कम्बो अफर पनि उपलब्ध छ। जसअनुसार, तीनवटा मोबाइल नम्बरमा वार्षिक सदस्यता लिँदा एउटा नम्बरमा ६ महिनाको सेवा निःशुल्क पाइनेछ भने पाँचवटा नम्बरमा वार्षिक सेवा लिँदा दुई वटा नम्बरमा ६ महिनाको सेवा निःशुल्क हुनेछ।
एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले सानादेखि ठूला सबै व्यवसायलाई सहयोग पुर्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिने उद्देश्यले यो अफर ल्याइएको बताए।
कम्पनीले क्लाउड र डाटा सेन्टर सेवाहरूमा पनि सीमित अवधिका लागि विशेष छुटसहितको मनसुन अफर ल्याएको जनाएको छ। हाल मासिक प्लान प्रयोग गरिरहेका ग्राहकले पनि आफूलाई वार्षिक सेवामा अपग्रेड गर्न सक्नेछन्। यी प्लानहरूमा लायन्सगेट प्ले र मेरो लगानी एपको पहुँच पनि समावेश छ।
साउन १४, २०८२ बुधबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।