प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन्।

यसअघि विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका थिए।

प्रश्न उठेका सोही विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

साउन १४, २०८२ बुधबार ११:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।