ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सुरू, जुनसुकै बाइकसँग साट्न पाइने

ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सुरू, जुनसुकै बाइकसँग साट्न पाइने

काठमाडौं : ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प’को दोस्रो संस्करण सुरू गरेको छ।

काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेमा आजदेखि सुरु भएको यो ९ दिने विशेष क्याम्प साउन १९ गतेसम्म चल्नेछ।

यस क्याम्पमा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटरधनीले आफ्नो पुरानो सवारीसाधनलाई नयाँ प्रिमियम ट्रायम्फ मोटरसाइकलसँग साट्न सक्नेछन्। कम्पनीका अनुसार, यो ग्राहकहरूलाई ट्रायम्फको उत्कृष्ट इन्जिनियरिङ र स्टाइल अनुभव गर्ने अवसर प्रदान गर्न आयोजना गरिएको हो।

क्याम्पका मुख्य विशेषताहरूमा जुनसुकै ब्रान्डको मोटरसाइकलको तुरुन्तै एक्सचेन्ज (स्पट एक्सचेन्ज), पुरानो बाइकको बजारमा पाइने सबैभन्दा राम्रो मूल्यांकनको ग्यारेन्टी, सहज फाइनान्सिङका लागि न्यूनतम डाउनपेमेन्ट र सस्तो ईएमआईको सुविधा, तथा खरिद गर्नुअघि ट्रायम्फ बाइकको टेस्ट राइड गर्न पाइने अवसर समावेश छन्।

ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाका अनुसार, गत वैशाखमा सम्पन्न पहिलो चरणको क्याम्प अत्यन्त सफल भएपछि ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाका कारण दोस्रो चरण आयोजना गरिएको हो।

उनले भने, ‘राइडिङ समुदायबाट देखिएको उत्साहले हामीलाई खुसी बनाएको छ। यो एक्सचेन्ज क्याम्पले ग्राहकलाई प्रिमियम मोटरसाइकलतर्फ अगाडि बढ्न प्रेरणा दिएको छ र हामी त्यस यात्राको हिस्सा बन्न पाउँदा गर्व महसुस गर्छौं।’

कम्पनीले भविष्यमा पनि यस्ता ग्राहक-केन्द्रित अभियानहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

साउन १४, २०८२ बुधबार ०९:१०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।