नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। मंगलबार बिहान एक जना र अर्का एक जना साँझतिर पुलबाट हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार मंगलबार साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन। 'साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ', उनले भने, 'हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।'
बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए।
साउन १३, २०८२ मंगलबार २१:३४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।