नेपाल सिरेमिक इन्डस्ट्रीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

नेपाल सिरेमिक इन्डस्ट्रीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

काठमाडौं : नेपाल सिरेमिक इन्डस्ट्री प्रालिले आफ्नो चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै छ।

नेपोभिट ब्रान्डका टाइल्स उत्पादन र वितरण गर्दै आएको यस कम्पनीले छोटो समयमै गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टि र नवप्रवर्तनका आधारमा उद्योगमा सशक्त पहिचान बनाएको छ।

नेपालमै पहिलोपटक कुनै टाइल्स कम्पनीले विदेशमा वार्षिक साधारण सभा आयोजना गरेको यो अवसरलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

कम्पनीका अनुसार यो कार्यक्रम केवल औपचारिक सभा मात्र नभई विक्री लक्ष्य सफलतापूर्वक पुरा गर्ने टोलीको सम्मान र उत्प्रेरणा स्वरूप आयोजना गरिएको हो।

‘चालु आर्थिक वर्षमा तय गरिएको विक्री लक्ष्य पूरा गर्ने टिमको मेहनतको कदरस्वरूप यो भ्रमण गरिएको हो। यो केवल ट्रिप होइन, भविष्यमा अझ महत्वाकांक्षी लक्ष्य हासिल गर्न उत्प्रेरणा दिने अवसर हो,’ कम्पनीका एक प्रतिनिधिले भने।

विभिन्न आर्थिक, प्राविधिक र बजार चुनौतीका बीच निरन्तर सुधार र सेवा विस्तार गर्दै कम्पनीले टाइल्स उद्योगमा अग्रणी स्थान बनाउँदै आएको छ। अबको यात्रामा कम्पनीले अझ उच्च बिक्री लक्ष्य तय गर्ने र सेवा क्षेत्र विस्तार गर्ने योजना अगाडि सारेको छ।

नेपालको माटोमै बनेको उत्पादनलाई विश्वस्तरीय स्तरमा पुर्याउने उद्देश्यसहित अघि बढिरहेको नेपाल सिरेमिकले आगामी दिनमा स्थानीय उत्पादनप्रति विश्वास बढाउने र आयात प्रतिस्थापनमा योगदान पुर्याउने अठोट समेत लिएको जनाएको छ।

साउन १३, २०८२ मंगलबार २०:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।