मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने सञ्चारकर्मीहरूको सुझाव

काठमाडौं : सञ्चारकर्मीहरूले मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सञ्चारकर्मीहरूले मिडिया काउन्सिल विधेयकको कार्यपालिकाले चरित्र र उद्देश्य बुझ्न नसकेको भन्दै यसलाई पूर्ण संशोधन गर्नुपर्ने बताए।
कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले मिडिया काउन्सिल भनेको अर्धन्यायिक निकाय भएको भन्दै कार्यपालिकाले यसको चरित्र र उद्देश्य बुझ्न नसकेको बताए।
यसैगरी सञ्चारकर्मी सविन धमलाले विधेयक परिमार्जन गर्नसके स्पष्ट र राम्रो बन्ने बताए। छलफलमा सांसद तोषिमा कार्की, सुमना श्रेष्ठ, सञ्चारकर्मी हरिबहादुर थापा, राजेन्द्र बानिया, गोरखापत्रका महाप्रवन्धक लालबहादुर ऐरीलगायतले आफ्नो धारणा राखेका थिए।
साउन १३, २०८२ मंगलबार १९:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।