खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउन खोज्दा करेन्ट लागेर एक महिलाको मृत्यु

भरतपुर : चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज भरतपुर महानगरपालिका-१८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो।
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
साउन १३, २०८२ मंगलबार १८:३४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।