विराटनगरमा सारथी लॉजिस्टिक्सको शाखा खुल्यो, २५ भन्दा बढी सहरहरूमा बुकिङ सेवा सुरू

विराटनगरमा सारथी लॉजिस्टिक्सको शाखा खुल्यो, २५ भन्दा बढी सहरहरूमा बुकिङ सेवा सुरू

विराटनगर : सारथी लॉजिस्टिक्स प्रालिले विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको अभियानलाई थप गतिशील बनाएको छ।

उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट देशभरका २५ भन्दा बढी प्रमुख सहरहरूमा बुकिङ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गर्यो।

उद्घाटन कार्यक्रममा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार न्यौपानेले भने, ‘हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं। यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो- जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ।’ 

उनका अनुसार कम्पनीको लक्ष्य निकट भविष्यमै नेपालका सबै सहर र गाउँलाई सरल ढंगले जोड्ने, आर्थिक समृद्धिमा सहयोग पुर्याउने र देशव्यापी सेवा मानक स्थापनातर्फ केन्द्रित छ।

विराटनगर शाखाबाट सुरु भएको बुकिङ सेवा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुलसीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशूलीसम्म फैलिएको छ।

समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्यमी, साझेदार, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सारथीको पारदर्शी, विश्वसनीय र समयमै सेवा दिने प्रतिबद्धताको प्रशंसा गरेका थिए।

सारथी लॉजिस्टिक्सले ग्राहक सन्तुष्टि, पारदर्शिता र राष्ट्रिय गौरवका आधारमा व्यवसाय सञ्चालन गर्दै चाँडै नै नेपालका अन्य सहरहरूमा पनि सेवा विस्तार गर्ने जनाएको छ।

साउन १३, २०८२ मंगलबार १७:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।