पोखरामा खुल्यो प्रोटोनको शोरुम

पोखरा : प्रोटोन नेपालले पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा खोलेको छ।
पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ।
काठमाडौंमा सफल सुरुवात पछि, पोखरा खोलिएको शोरुम, २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (इभि) नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्वपूर्ण हिस्सा हो ।
यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकहरूको लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, र सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पहरूमा बारे पनि सहजीकरण गरेको छ।
बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको छ।
शोरुमको उद्घाटन प्रमुख अतिथि वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गरेका थिए।
उपस्थित पाहुनाहरूलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो।
यस अवसरमा जगदम्बा मोटर्सले पहिलो हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूको लागि शुन्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ। यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास गरिएको छ।
साउन १३, २०८२ मंगलबार १६:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।