फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको खबरपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले हालसम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
साउन १३, २०८२ मंगलबार १३:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।