सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुन तोलाको ६ सय रुपैयाँ घट्दा चाँदी तोलाको पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुन आज तोलाको एक लाख ९३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँ थियो।

हिजो तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज २३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

साउन १३, २०८२ मंगलबार ११:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।