धनगढी पुगेर ऊर्जा मन्त्रीले फेरि भने- ‘लोडसेडिङ छैन’

धनगढी पुगेर ऊर्जा मन्त्रीले फेरि भने- ‘लोडसेडिङ छैन’

अत्तरिया : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको दोहोर्याएका छन्।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको दोहोर्याए।

‘गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’, उनले भने।

उनले थपे, ‘वर्षात्का बेला चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ।’

साउन १३, २०८२ मंगलबार १०:१०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।