पोखरामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परे हायु परिवारका सबै सदस्य

पोखरामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परे हायु परिवारका सबै सदस्य

कास्की : सिन्धुलीबाट चार दिन अगाडिबाट  हराएका भनिएका हायु परिवारका १६ जना पोखरामा डेरा लिएर बसेको अवस्थामा फेला परेका छन्।

सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीमा बस्दै आएका उर्मिला हायुका एकै परिवारका १६ जना नै पोखराको गगनगौडामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन्।

उनीहरू शुक्रवारदेखि घरमा नभेटिएपछि कुनै गम्भीर घटना भएको शङ्कामा सोमबारबाट सुरक्षाकर्मीले खोजी गरेको थियो। घरमा पालेको भैँसी, कुखुरा त्यसै छाडेर परिवारका सबै सदस्य एकाएक बेपत्ता भएका थिए।

 

उनीहरू १६ जना नै दुई वटा घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेको र पहिरोको जोखिम भएपछि काम खोज्न घर छाडेर पोखरा आएको बताएको स्थानीय प्रहरीले जानकारी दियो।

उनीहरू लोपोन्मुख जातीको सदस्य भएकाले स्थानीय पालिकाले मासिक सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो। उनीहरूले एक वर्षको भत्ता करिब आठ लाख निकाले लगत्तै सबै सम्पर्कहीन भएका थिए।

साउन १२, २०८२ सोमबार २३:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।