सुख्खा पहिराले पृथ्वीराजमार्गको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

सुख्खा पहिराले पृथ्वीराजमार्गको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध
File Photo

तनहुँ : मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो। 

सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

साउन १२, २०८२ सोमबार २१:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।