सिन्धुलीमा भैँसीको मासुको प्रशोधन कारखाना खुल्ने, चीनको २० अर्ब लगानी

काठमाडौँ : चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा भैँसीको मासु प्रशोधन गरेर चीन निर्यात गर्न २० अर्ब लगानी गर्ने भएको छ। सिन्धुलीको मारिण गाउँपालिका–४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न कम्पनीले उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत २० अर्ब रुपैयाँको स्वीकृति पाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लगानी स्वीकृतबारे जानकारी दिए। गत मङ्सिर महिनामा सम्पन्न उनको चीन भ्रमणका क्रममा यो सम्झौता भएको थियो। सोही सम्झौता अनुसार लगानी स्वीकृत भएको हो।
प्रस्तावित उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैँसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको आदि) उत्पादन गर्नेछ। उद्ध्योगले चीन निर्यातलाई मुख्य लक्ष्य बनाएको छ। उद्योगमार्फत ५ हजार १ सय ५६जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।
साउन १२, २०८२ सोमबार २०:१६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।