टियू क्रिकेट मैदानमा पुग्यो अनुगमन तथा मूल्याङ्कन समिति, काम सन्तोषजनक भएको दाबी

टियू क्रिकेट मैदानमा पुग्यो अनुगमन तथा मूल्याङ्कन समिति, काम सन्तोषजनक भएको दाबी

काठमाडौं : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन्। 

सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको तर्फबाट अनुगमन गर्दै उनले साउन महिनाभरीमा निर्धारित गरिएका टेण्डर बमोजिमका सबै कामहरू सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम भइरहेको बताए।

उनले फ्ल्ड लाइटको पनि काम र ग्राउण्डको काम सकेर जडानको काम अन्तिम चरणमा भएको जानकारी प्राप्त गरेको बताए। 

क्रिकेट मैदान र त्रिभुवन विश्व विद्यालयबीच सम्झौता, क्यानसँगको सम्झौतालगायत परियोजना सञ्चालन गर्ने सवालमा उत्पन्न समस्यालाई समितिका तर्फबाट नीतिगत पक्ष र कार्यान्वयनको अवस्थाका बारेमा सरकारलाई दिनुपर्ने सुझाव दिने बताए।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय ३२० दिनभित्र सम्पन्न गर्ने घोषणा भएको हुँदा परियोजना अहिले चासोको विषय बनेको उनले बताए।

उनले बनिरहेको उक्त क्रिकेट मैदानलाई सम्पन्न गराउन चाहेको भन्दै समितिका तर्फबाट आवश्यक सहयोग गर्ने बताए।

साउन १२, २०८२ सोमबार १८:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।