कान्तिपुर डेन्टलमा एनआईसी एशिया बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

कान्तिपुर डेन्टलमा एनआईसी एशिया बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं : एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच बैंकका ग्राहकहरूलाई उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार, बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा दाँत तथा अन्य स्वास्थ्य उपचार गराउँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट पाउनेछन्।

यो योजना अन्तर्गत अस्पतालका सामान्य सेवा (ल्याब, बेड चार्ज, आईसीयू) मा १५ प्रतिशत, फिजियोथेरापी, चस्मा तथा सामान्य डेन्टल सेवा (फिलिङ, स्केलिङ) मा १० प्रतिशत र दाँतको विशेष उपचार (डेन्टल इम्प्लान्ट, ब्रेसेस) मा ७ प्रतिशत छुट पाइनेछ।

ग्राहकले काठमाडौंको जोरपाटी र सतुंगल, पोखराको न्यूरोड, चितवनको भरतपुर तथा बुटवलको तिलोत्तमामा रहेका कान्तिपुर डेन्टलका शाखाहरूबाट यो सुविधा लिन सक्नेछन्।

यो छुट प्राप्त गर्न बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबैंक एपबाट भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले ग्राहकलाई लाभ पुग्नुका साथै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकले विश्वास लिएको छ।

साउन १२, २०८२ सोमबार १२:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।