ईभी दुर्घटना न्यूनीकरण गर्न भिजी मोटर्सद्वारा प्रशिक्षकहरूलाई तालिम

ईभी दुर्घटना न्यूनीकरण गर्न भिजी मोटर्सद्वारा प्रशिक्षकहरूलाई तालिम

काठमाडौं : विद्युतीय सवारी (ईभी)को बढ्दो प्रयोगसँगै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भिजी मोटर्सले ड्राइभिङ प्रशिक्षकहरूका लागि विशेष तालिम सम्पन्न गरेको छ।

कम्पनीले शनिबार काभ्रेको बनेपामा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम आयोजना गरी सातै प्रदेशका ४५ जना अनुभवी चालक प्रशिक्षकलाई प्रशिक्षित गरेको हो।

यो तालिम कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो, जसको मुख्य लक्ष्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरूलाई सुरक्षित रूपमा ईभी चलाउन सक्षम बनाउनु हो।

कम्पनीका अनुसार, ईभी प्रविधि आफैँमा जोखिमपूर्ण नभए पनि यसको सञ्चालनबारे सही ज्ञान नहुँदा दुर्घटनाको सम्भावना बढ्ने भएकाले यो तालिम आयोजना गरिएको हो।

तालिममा ईभीको तत्काल उत्पन्न हुने गति नियन्त्रण, उकालो-ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, गाडी साइलेन्ट हुँदा अपनाउनुपर्ने सावधानी र ड्यासबोर्डका संकेतहरू बुझ्ने जस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइएको थियो।

भिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो तालिमको उद्देश्य व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित गर्नु रहेको बताए।

‘हामी यो सीप ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौँ’, उनले भने।

मुख्य प्रशिक्षक सम्राट गौतमले तालिम प्राप्त प्रशिक्षकहरूमार्फत अब देशभरका विद्यालय तथा सार्वजनिक सवारीका चालकहरूलाई प्रशिक्षित गरिने जानकारी दिए।

भिजी मोटर्सले नेपाली बजारमा विद्यालय तथा सार्वजनिक यातायातमा प्रयोग हुने एसआरएम र जोयलङ ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको छ। यो तालिम पहिलो चरणको हो र भविष्यमा यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।

साउन १२, २०८२ सोमबार ११:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।