लिट्मस केबल्सको ‘पावर पार्टनर्स मिट’ सम्पन्न, उत्कृष्ट डिलर सम्मानित

काठमाडौं : आफूलाई नेपालको अग्रणी तार तथा केबल उत्पादक दाबी गर्दै आएको लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ सम्पन्न गरेको छ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा साझेदारहरूको उपस्थिति थियो।
कार्यक्रममा कम्पनीले आफ्नो पाँच दशक लामो यात्रा, बजार उपस्थिति र भावी योजनाबारे जानकारी दिएको थियो। साथै, गुणस्तर, प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता पनि व्यक्त गरेको थियो।
यस अवसरमा कम्पनीले आफ्नो सफलतामा योगदान पुर्याउने उत्कृष्ट डिलरहरूलाई सम्मान गरेको छ। ‘राइजिङ स्टार’, ‘पेमेन्ट एक्सिलेन्स’ लगायत १० विभिन्न विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।
सोही अवसरमा लिट्मसले ‘श्रावण उत्सव’ नामक नयाँ अभियान पनि घोषणा गरेको छ। यस योजनाअन्तर्गत डिलरहरूले आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमणका साथै चाँदीका सिक्का जित्ने अवसर पाउनेछन्।
साउन १२, २०८२ सोमबार ११:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।