भिजिट भिसाले विवादमा तानिएको महासंघ बेलायत शाखाको विवाद मिलाउने जिम्मा योगीलाई

काठमाडौं : नेपाल पत्रकार महासंघले बेलायत शाखाको विवाद समाधानको जिम्मा वरिष्ठ पत्रकार भागिरथ योगीलाई दिएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माले बेलायतमा कार्यरत योगीलाई विवादबारे आवश्यक परामर्श गरी राय-सुझाव प्रदान गर्ने पत्र पठाएकी हुन्।
महासंघ बेलायत शाखामा एक पक्षीय रूपमा निर्वाचन गरेर कार्यसमिति गठन गरेको भन्दै विवाद छ।
हालै सो कार्यसमिति गैर पत्रकार र असम्बन्धित व्यक्तिलाई शाखा स्थापना दिवस भनेर भिजिट भिसामा बेलायत बोलाउन लागेको विवादमा समेत परेको थियो।
तर, योगीलाई केवल शाखाको विवाद मिलाउने जिम्मा मात्र दिइएको छ। भिजिट भिसाबारे केही उल्लेख नभएको पत्रकार योगीले बताए।
सम्बन्धित समाचारहरू:
साउन १२, २०८२ सोमबार ०८:०९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।