विद्धुतिय सवारी साधन किन्दा ध्यान दिनुपर्ने ७ महत्त्वपूर्ण पक्ष

विद्धुतिय सवारी साधन किन्दा ध्यान दिनुपर्ने ७ महत्त्वपूर्ण पक्ष

काठमाडौं : इन्धनको मूल्यवृद्धि, वातावरणप्रति बढ्दो चेतना र प्रविधिमा आएको विकाससँगै नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

तर, विद्युतीय सवारी किन्दा आवेगभन्दा व्यवहारिक पक्षको मूल्याङ्कन गर्नु अत्यावश्यक हुन्छ। विद्युतीय सवारी साधन किन्नुअघि केवल मूल्य हेरेर निर्णय गर्नु पर्याप्त हुँदैन।

लामो समयसम्मको सुविधा, लागत, वातावरणीय प्रभाव र प्रयोगकर्ताको सहजतालाई प्राथमिकता दिँदा मात्र सही निर्णय हुन्छ।

यहाँ विद्युतीय सवारी खरिद गर्नुअघि उपभोक्ताले ध्यान दिनुपर्ने प्रमुख पक्षहरूको संक्षिप्त चर्चा गरिएको छ।

१. ब्याट्री क्षमता रेन्ज (Range)
ब्याट्री विद्धुतिय सवारीको मुटु हो। कुन सवारी एक पटक चार्ज गर्दा कति किलोमिटर चल्छ भन्ने विषय पहिलो पक्ष हो। नेपालको भौगोलिक बनावट, चार्जिङ संरचना कमजोर भएकाले रेन्ज बढी भएको गाडी रोज्नु बुद्धिमानी हुन्छ।

२. चार्जिङ सुविधा
सार्वजनिक चार्जिङ स्टेसन कति उपलब्ध छन्? घरमै चार्ज गर्न मिल्छ कि मिल्दैन? सवारीमा फास्ट चार्जिङ (DC fast charging) को सुविधा छ कि छैन? यसमा प्रस्ट हुनु पर्छ।

३. ब्रान्ड बिक्रीपछिको सेवा (After-sales service)
नेपालमा विद्युतीय सवारी बेच्ने कम्पनी धेरै भए पनि, सबैको बिक्रीपछिको सेवा भरपर्दो नहुन सक्छ। प्रामाणिक ब्रान्डको छनोट गर्दा प्राविधिक सहयोग, स्पेयर पार्ट्सको उपलब्धता र ग्यारेन्टी/वारेन्टीको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ।

४. भन्सार कर तथा अनुदान
नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि अन्य सवारीको तुलनामा कम भन्सार दर लागू गरेको छ। त्यसबारे अपडेट हुन आवश्यक छ।

सुरक्षा सुविधा
गाडीमा एबीएस, एयरब्याग, पार्किङ सेन्सर, टायर प्रेसर मनिटरजस्ता सुरक्षा सुविधा छन् कि छैनन् बुझ्नुपर्छ। खासगरी सस्तो मूल्यको नाममा सुरक्षित यात्रामा जोखिम हुने खालका सवारी किन्नु उपयुक्त हुन्छ।

६. प्रयोगको उद्देश्य
दैनिक यात्राका लागि किनेको हो कि पर्यटन वा व्यावसायिक प्रयोजनका लागि? सानो शहर वा पहाडी जिल्ला? यो आधारमा स्कुटर, कार, मिनी ट्रक वा बस कस्तो प्रकारको गाडी किन्न उपयुक्त हुन्छ।

प्रयोगकर्ताको प्रतिक्रिया समीक्षा
गाडी किन्नुअघि बजारमा पहिल्यै उक्त मोडल चलाइरहेका उपभोक्ताको अनुभव सुन्नु बुद्धिमानी हुन्छ। अनलाइन फोरम, युट्युब समीक्षा र सामाजिक सञ्जालको अध्ययनबाट यथार्थ बुझ्न सकिन्छ।

साउन १२, २०८२ सोमबार ००:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।