बैंकिङ कसुरको मुद्दा बढ्दा बलात्कार र आत्महत्याका मुद्दा घटे

काठमाडौं : गत आर्थिक वर्षमा मुद्दा बैंकिङ कसुर सम्बन्धी मुद्दा ४.३ प्रतिशत बढेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०१/८२ मा ५८ हजार ४ सय ७२ वटा उजुरी दर्ता भएको छ। त्यसमा बैंकिङ कसुर सम्बन्धी मुद्दाको संख्या १३ हजार ८ सय ३७ वटा छन्।
पत्रकार सम्मेलनमा प्रवक्ता विनोद घिमिरेले
लागुऔषधका मुद्दा १५.१ प्रतिशतले बढेको र ठगी १८ प्रतिशत बढेको बताए।
एक वर्षमा ५ हजार ६१ वटा लागुऔषध र २ हजार २ सय १८ वटा ठगीको मुद्दा दर्ता भए। गत वर्ष सवारी ज्यान मुद्दा र ज्यान मार्ने उद्योगका मुद्दा बढे। सवारी ज्यान सम्बन्धी १ हजार ९ सय ९ र ज्यान मार्ने उद्योगका १ हजार ८१ वटा मुद्दा दर्ता भए।
घिमिरेले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका मुद्दाको संख्या २० प्रतिशत कम भएको बताए। गत वर्ष यी विषयमा ८ हजार ५ सय १९ वटा मुद्दा दर्ता भए। यो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०.८ प्रतिशतले कम हो।
गत वर्षको तुलनामा आत्महत्याको घटनामा ४.८ प्रतिशतले कमी आयो। २०८१/०८२ मा ६ हजार ८ सय ५२ जनाले आत्महत्या गरे। गत वर्ष चोरी र बलात्कार मुद्दा पनि घटेका छन्।
चोरी २.७ प्रतिशतले घटेको र बलात्कार मुद्दा १० प्रतिशतले घटेको छ। गत वर्ष चोरीसम्बन्धी ३ हजार ६ सय ५६ वटा र बलात्कार सम्बन्धी २ हजार २ सय ५३ वटा मुद्दा दर्ता भए।
साउन ११, २०८२ आइतबार २३:५४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।