ब्ल्याक बेल्ट ग्रेडिङमा भाग लिन विश्व फ्रिस्टाइल किक बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्ष नेपाल आउँदै

ब्ल्याक बेल्ट ग्रेडिङमा भाग लिन विश्व फ्रिस्टाइल किक बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्ष नेपाल आउँदै

काठमाडौं : नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) को आयोजनामा हुने चार दिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’मा भाग लिन   विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेक नेपाल आउने भएका छन्।

उनको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले आयोजना गर्न लागेको सेमिनारमा सहभागी हुन उनी साउन १६ मा नेपाल आउन लागेका हुन्।

साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा आयोजना हुने कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ समेत हुने एसोसिएसनकी महासचिव बिन्दा नेपालीले बताइन्। बिन्दा एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत हुन्।

खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताए।

आयोजकका अनुसार सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन्।

साउन ११, २०८२ आइतबार २०:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।