टेरामक्स अनियमिततामा विशेषले माग्यो दिगम्बरसँग तीन लाख धरौटी

टेरामक्स अनियमिततामा विशेषले माग्यो दिगम्बरसँग तीन लाख धरौटी

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स अनियमितताका अभियुक्त नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैंया धरौटी मागेको छ। 

आइतबार विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झालाई धरौटीमा छाड्न आदेश दिएसँग ३ लाख धरौटी मागेको हो। टेरामक्स प्रकरणमा तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतसहित अभियुक्त बनेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ खर्ब ५१ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित बस्नेतसहित  १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। 

साउन ११, २०८२ आइतबार २०:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।