एनआईसी एसिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकले अब देशका विभिन्न स्थानमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुन शाखाबाट सेवा लिँदा १० प्रतिशत विशेष छुट पाउने भएका छन्।

बैंक र लिजाश्री इन्टरप्राइजेज प्रा.लि.बीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले सैलुन सेवामा डिजिटल माध्यममार्फत भुक्तानी गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले ग्राहकलाई थप सुविधा दिने विश्वास बैंकले लिएको छ।

यो छुट सुविधा ग्राहकले नक्साल, नयाँबानेश्वर, ठमेल, जावलाखेल, कमलादी, सामाखुसी, महाराजगञ्ज, हेटौंडा, नारायणघाट र वीरगन्जस्थित हेयर एण्ड शान्ती सैलुनका शाखामा सेवा लिएर उपयोग गर्न सक्नेछन्।

ग्राहकले सेवा लिँदा एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। त्यसबाहेक मो बैंक एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

यस्तो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

साउन ११, २०८२ आइतबार १२:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।