लक्ष्मी ई-मोबिलिटीले नाइमा २०२५ मा चीनको उदाउँदो इभी ब्रान्ड ‘फोर्थिङ’ सार्वजनिक गर्ने

काठमाडौं : लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा भित्र्याउने भएको छ।
नेपालको विद्युतीय सवारी साधन क्रान्तिलाई तीव्रता दिने यो कदमलाई एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
‘फोर्थिङ’ ब्रान्डअन्तर्गतको पहिलो प्रिमियम एसयूभी नेपाली बजारमा श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा २०२५ मा सार्वजनिक गरिनेछ।
नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघद्वारा आयोजित यो अटो शो नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुनेछ।
सन् १९७३ देखि व्यवसायिक गतिविधि गर्दै आएको लक्ष्मी समूह नेपालकै पुराना र बहुआयामिक व्यवसायिक घरानामध्ये एक हो। हुन्डाइ, बीएमडबलु, किया जस्ता बिभिन्न विश्वविख्यात ब्रान्डहरूमार्फत यात्रुवाहक, मालवाहक तथा अटो पार्ट्स वितरण गर्दै आएको छ।
साउन ११, २०८२ आइतबार १२:२७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।