नेपाली टोलीलाई डाना कप फुटबल प्रतियोगिताको उपाधि

नेपाली टोलीलाई डाना कप फुटबल प्रतियोगिताको उपाधि

काठमाडौं : नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु-१४ टोलीले उपाधि जितेको हो।

उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३-० गोलले पराजित गर्यो। विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १-१ गोल गरे।
 

साउन ११, २०८२ आइतबार ०७:४४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।