कम्बोडिया र थाइल्यान्डको सीमा विवाद समाधानका अमेरिकी राष्ट्रपति ट्रम्प सक्रिय

एजेन्सी : कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गरेका छन्। उनले दुवै देशबीचको विवाद समाधानका लागि आफूले वार्ता गरिरहेको बताए।
स्कटल्यान्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा शनिवार थाइल्यान्डसँगको युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको लेखेका छन्।
“मैले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीसँग भर्खरै कुरा गरेको छु र यो कुराकानी निकै राम्रो भएको छ,” उनले लेखेका छन् “कम्बोडियाजस्तै थाइल्यान्ड पनि तत्काल युद्धविराम र शान्ति चाहन्छ।”
उनले अब कम्बोडियाका प्रधानमन्त्रीलाई त्यही सन्देश दिने र दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक रहेको दाबी गरेका छन्।
स्थानीयले रबर र धान खेती गर्ने खेतीयोग्य जमिन र पहाडले घेरिएको जङ्गली र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनुअघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलहरूमा तनाव उत्पन्न भएको थियो।
थाइल्यान्डको खाडीमा मुख्य फ्रन्टलाइनबाट करिब २ सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा शनिवार तेस्रो दिन झडप सुरु भएको थियो।
साउन १०, २०८२ शनिबार २२:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।