जलवायु परिवर्तनमा गम्भीर हुन विराजभक्तको आग्रह

जलवायु परिवर्तनमा गम्भीर हुन विराजभक्तको आग्रह

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ जलवायु परिवर्तनका कारण विश्वमा नकारात्मक असर परिरहेको भन्दै नेपाल पनि त्यसबाट जोगिन नसकेको बताए।
    
रोटरी क्लब अफ पाटन हेरिटेजको आयोजनामा शनिवार काठमाडौँको छाउनीमा भएको वृक्षारोपण कार्यक्रममा उनले काठमाडौँमा पानी सुक्दै गएको, मधेस प्रदेशमा खडेरीले आक्रान्त पारिरहेको जलवायु परिवर्तनको असर भएको भन्दै उनले वातावरण जोगाउनतर्फ ध्यान दिन आग्रह गरे।
    
श्रेष्ठले यस्तो अवस्थामा वन, वन्यजन्तु संरक्षण तथा वृक्षारोपणमा सबैको चासो राख्नुपर्नेमा जोड दिए। प्रकृति तथा संस्कृति जोगाउन युवापुस्तालाई प्रेरित गर्नुपर्ने उनले बताए।
    
राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले सबै मिलेर वातावरण संरक्षणमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले सङ्ग्रहालयभित्र पुराना, लोप हुन लागेका र औषधीय गुण भएका बिरुवा माग गरेर रोपण गरिएको बताए।
    

साउन १०, २०८२ शनिबार २२:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।