कार पार्क सेक्स काण्डदेखि इमू फार्मिङसम्म : दुई महिनामै दस लाखभन्दा बढी म्यागजिन बिक्री गराउने मोडलहरू कहाँ छन्?

एजेन्सी : मेलानी साइकस हुन् या ड्यानी बेहर यी मोडलहरू कुनै समय पुरुषप्रधान म्यागजिनहरूको कभर गर्ल बन्ने होडमा थिए। तर अहिले उनीहरु आ-आफ्नो जीवनको फरक मोडमा छन्। कतिपय सफल करिअरमा, कतिपय स्वास्थ्य संघर्षमा। तर सबैजना अहिले ‘ग्ल्यामर’ शब्दको अर्थ नै फेरिएको देखिन्छ।
ड्यानी बेहर
९० दशकको पप कल्चर शो द वर्डकी सुन्दरीका रुपमा चर्चित ड्यानी बेहर १७ वर्षको उमेरमा सो कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसपछि म्यानचेस्टर युनाइटेडका स्टार रयान गिग्ससँगको रोमान्स, सिबिबिसि शोबाट हटाउनु लगायतका घटनाले उनी चर्चामा आइन्।
ड्यानी अहिले ५५ वर्षकी भइन् अनि अमेरिका बस्छिन्। उनी अहिले लक्जरी रियल स्टेट एजेन्टको रूपमा काम गर्छिन्। उनले बनाएको नयाँ शो मेम्बर वन्ली प्लाम बिच नेटफ्लिक्समा प्रसारण हुने घोषणा भइसकेको छ।
मेलिंडा मेसेन्जर
९० दशकमा ‘थ्रिलेनियम गर्ल’ भनेर चिनिएकी मेलिंडा अहिले ५४ वर्षकी भइन्। तीन सन्तानकी आमा मेलिंडा अहिले बर्कशायर गाउँमा शान्त जीवन बिताउँदैछिन्। उनी फूल रोप्छिन्, कुकुरसँग हिँड्छिन् र लाइसेन्सप्राप्त साइकोथेरापिस्ट हुन्।
उनकी छोरी इभीको मोडलिङ प्रवेशलाई लिएर ‘नेपो बेबी’ भन्ने आलोचनामा उनले प्रतिवाद गर्दै भनिन्, “उनी मोडल होइनन्, चाहेको भए बन्न सक्थिन्।”
कीली हेजल
कीलीले २००७ को आफ्नो क्यालेन्डरको पहिलो दुई दिनमै ३० हजार प्रति बिक्री गरिन्। उनी हरिवल बोसेस्-२ र र लाइक क्रेजीजस्ता हलिउड फिल्महरूमा देखिएकी छन्। अहिले टेड लासोमा ‘बेक्स’ को भूमिका निभाइरहेकी कीली शोकी लेखकसमेत हुन्। उनी छिट्टै आफ्नो निबन्ध सङ्ग्रह एभ्रिवान सिन माइ टिट्स सार्वजनिक गर्दैछिन्।
जोडी मार्श
कुनै समयकी ग्ल्यामरस जोडी अहिले ४६ वर्षको उमेरमा एक पशु उद्धार केन्द्र फ्रिप्स फार्म चलाउँदैछिन्। उनले इमूदेखि लेमुरसम्मको संरक्षण गर्दै आएकी छन्। सामाजिक सञ्जाल बन्द भएपछि उनले फ्यानहरूलाई दानको लागि आग्रह गरेकी छन्।
सारा कावुड
च्यानल ४ को द गिर्ली शोबाट चर्चामा आएकी सारा, टप अफ द पप्सकी प्रस्तुतिका रूपमा परिचित थिइन्। २०२२ मा स्तन क्यान्सरको उपचारपछि उनले आफ्नो स्वास्थ्य र परिवारमा ध्यान दिँदै ग्ल्यामरस दुनियाँ छाडेकी हुन्।
उनले भनेकी छन्, “कहिलेकाहीँ लाग्छ, के बिग्रियो? तर अब म यहाँ छु, जुन अवस्थामा भए पनि, राम्रो बनाउने प्रयासमा छु।”
गेल पोर्टर
एफएचएम म्यागजिनको प्रचारस्वरूप १९९९ मा बेलायती संसदको भवनमा उनको नग्न तस्वीर प्रोजेक्ट गरिएको थियो। त्यसपछि उनको करिअर ओरालो लाग्यो। उनले एलोपेसियाबाट कपाल गुमाएकी छन्।
बाइपोलार डिसअर्डरबाट पीडित छन् र एक समय मानसिक स्वास्थ्य ऐनअन्तर्गत अस्पताल भर्ना गर्नुपरेको थियो। हालै मात्र उनी ब्रिटिश एलजिबिटी अवार्ड समारोहमा सुनौलो विग लगाएर देखिइन्।
नेल म्याकएन्ड्रू
एक समय म्यारीलिन मन्रोको नक्कल गरेर करिअर सुरु गरेकी नेल १९९८ मा टम्ब रेडरको ‘लारा क्रफ्ट’ मोडल बन्न पुगेकी थिइन्। अहिले ५१ वर्षकी नेल फिटनेस प्रशिक्षकका रूपमा परिचित छिन्। उनले धेरै म्याराथन दौडहरू जितिसकेकी छन् र नेल म्याकएन्ड्रूस् गाइड टु रनिङ पुस्तक प्रकाशित गरेकी छन्।
साउन १०, २०८२ शनिबार २१:४३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।