सामाजिक कथामा जम्न नसकेकी बेनिशाको साइको थ्रीलर फिल्म यात्रा जम्ला त !

काठमाडौँ : प्रेमिल फिल्महरूमा जति अभिनय गरे पनि अभिनेत्री बेनिशा हमालको भागमा हिट पर्न सकेको छैन। एकाध फिल्म नचलेका हैनन्। तर उनको अभिनयको समय जति छ त्यस अनुसार सफल फिल्म छैनन्। उनको अभिनयमा पनि त्यति सार्हो निखार आएको देखिँदैन।
प्रेमका सामाजिक कथामै जम्न नसकिरहेको बेलामा उनले अब साइकोलोजिकल थ्रीलर जनराको फिल्म ‘द ब्लु लाइट’मा अभिनय गर्ने हिम्मत गरिन्। फिल्मको मुख्य अभिनेत्री उनी नै हुन्। यति मात्रै हैन बेनिशा यो फिल्मको कार्यकारी निर्माता समेत हुन्।
मंसिर १२ गते रिलिज डेट तोकिएको फिल्मको टिजर आइसकेको छ जसमा मनोवैज्ञानिक प्रभावमा परेको पात्रको भूमिकामा हमाल देखिएकी छिन्। शनिवार यही फिल्मको फस्ट लुक पनि सार्वजनिक गरियो। फस्ट लुकमा बेनिशासँगै अभिनेता अर्पण थापा र अभिनेत्री सृष्टि श्रेष्ठ छन्। सृष्टिको हातमा रगत लतपतिएको बन्चरो छ।
फिल्मको कलाकारहरू हेर्ने हो भने बेनिशा मात्र हैन अर्पण र सृष्टि पनि व्यावसायिक रूपमा सफल कलाकारमा दरिन सकेका छैनन्। अर्पणको अभिनयमा कुनै समस्या छैन। यी दुई अभिनेत्रीको अभिनयमै समेत समस्या देखिन्छ। यस्तो बेलामा साइकोथ्रिलर फिल्मलाई अर्पण एक्लैले बोक्न ग्राहै होला।
द ब्लु लाइट’बलिराम चौहानले निर्देशन गरेका हुन्। फिल्ममा बेनिशा, अर्पण , सृष्टिसँगै महेश त्रिपाठी, आयुश्मान देशराज जोशी, सुरक्षा इटानी समेत छन्।
साउन १०, २०८२ शनिबार २०:५३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।