घरज्वाईँका निर्देशकले मितज्यू बनाउने, दयाहाङपछि सौगात अनुबन्धित

काठमाडौं : फिल्म ‘मितज्यू’को निर्माण टिमले अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ। ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढाको निर्देशन रहने फिल्ममा मल्ल अनुबन्ध भएका हुन्।
फिल्ममा यसअघि नै दयाहाङ राई, तेरिया मगर, स्मिता लामिछाने अनुबन्धित भइसकेका छन्। निर्माण टिमले अन्य कलाकार समेत खोजी गरिरहेको जानकारी दिएको छ। फिल्मको कथा र पटकथा महेश राईको रहेको छ। फिल्म जनक घर्तीमगरले निर्माण गर्नेछन्। घर्तीले यसअघि ‘घरज्वाइँ’ निर्माण गरेका थिए।
शिशिर विशंखेले छायांकन, जीएम मूभिज प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको फिल्मको छायाङ्कन मंसिर दोस्रो सातादेखि पोखरा ढोरपाटन क्षेत्रमा गरिने निर्माण टिमले जानकारी दिएको छ। फिल्म २०८२ को चैत २७ मा रिलिज गर्ने निर्माण टिमको तयारी छ।
साउन १०, २०८२ शनिबार १९:०७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।