ट्रकको ठक्करबाट २३ वर्षिया पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट २३ वर्षिया पैदलयात्रीको मृत्यु

काठमाडौँ : ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु भएको हो।

मृतकको परिचय खुलेको छैन। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिएन्डबी अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए।

यता काठमाडौँ महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईँको मृत्यु भएको छ।

शुक्रवार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

साउन १०, २०८२ शनिबार १७:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।