जनकपुर यातायात कार्यालयको राजश्व ६६ करोड

जनकपुर : यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालयले गत आर्थिक वर्षमा चालक अनुमति पत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो।
कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवा प्रवाहमा सुधार आएको बताए।
उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठुला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ।
साउन १०, २०८२ शनिबार १७:११:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।