भण्डारीको सक्रिय राजनीति एमालेका लागि अस्वीकार्य : गौतम

भण्डारीको सक्रिय राजनीति एमालेका लागि अस्वीकार्य : गौतम

भक्तपुर : एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताए।

एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्नेबारे गरेको निर्णयको प्रतिवादमा भण्डारीले शुक्रवार पत्रकार सम्मेलन गरेर प्रतिवाद गरेकी थिइन्।

शनिवार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको दाबी समेत गरे।

एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत् र घनीभूत छलफलपछि निर्णय गरेको गौतमले बताए।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको दाबी गरे।

साउन १०, २०८२ शनिबार १७:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।